गजल



– प्रमोद स्नेही –

दुखाउँछ मान्छेलाई सानो कुराले पनि
यसै भन्नुहुन्थ्यो मलाई, हाम्रा बाले पनि ।

ब्युँझन्छु प्रत्येक रातहरूमा ऐंठन परेर
सुत्नै दिँदैन मान्छेलाई, सपनाले पनि ।

एकदिन मर्छु म पनि, जसरी मर्छन् अरू
हिँड्दाहिँड्दै धोका दिन्छ यहाँ खुट्टाले पनि ।

नहेर्नु धेरै आकाशमा, लजाउलिन् चन्द्रमा
हद नाघेपछि,उजुरी हाल्छिन् चन्द्रमाले पनि ।