पाँच हाइकु



– पुष्कर लोहनी –

।।१।।
सलाई कोर्दा
आगोले टिपिहाल्यो
एउटै डल्लो ।

।।२।।
झुक्किएँ आफैँ
पछाडि धाप मार्दा
घाम निदायो ।

।।३।।
खुला रहेछ
हावाले पल्टाउँदा
जमेको पानी !

।।४।।
केको फरक
नबोलाएको भए
भट्टीमा हुन्थेँ !

।।५।।
चर्केछ भाँडो
तातो माया चुहिँदा
टाल्ने कसरी !