नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


Harek Pal September 22, 2021

चितवन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामनामा गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक दुईतर्फी नै बन्द भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गए राति खसेको पहिरो अहिले हटाउने काम भइरहेको छ ।

पहिरो पन्छाउन समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ । अहिले उक्त सडकखण्डमा सवारीसाधनको लामो लाइन लागेको छ ।