र्‍यापर बिजेनको ‘मरे पछि’


हरेकपल September 24, 2021


काठमाडौं । ¥यापर बिजेन नयाँ गीत ‘मरे पछि’ लिएर दर्शकमाझ आएका छन् ।

‘हस त नमस्ते’, ‘लोकल सोकल’, ‘गाउँकी नानी’, ‘लिम्बु हो कि नेवार’ जस्ता गीतका गायक बिजेनले डेब्यू एलबम ‘बिजेन’मा रहेको गीत ‘मरे पछि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘दोस्रो लकडाउन पछि म रमाउन सकेको थिइनँ । त्यसकारण त्यो समयमा केही काम गर्नुपर्छ भनेर मैले बिहान ४ बजेर ३० मिनेटमा जाँदा यो गीत ‘मरे पछि’ लेखें’, उनले भनेका छन् ।

बिजेनका अनुसार गीतले व्यक्ति र उसको वरपर रहेको सम्बन्धको बारेमा बोलेको छ । जीवनमा स्थायी केही नभएका कारण मानिसले अनुशासनमा रहेर खुशी जीवन बिताउन सक्नुपर्छ भन्ने सन्देश गीतले दिएको छ ।

पीभीइ नेटवर्कले व्यवस्थापन गरिरहेको बिजेनको यो एलबम सन् २०२१ भित्रै रिलिज गर्ने तयारी गरिएको छ । उनी एलबमको प्रवद्र्धनका लागि नेपाल टुरमा निस्कँदैछन् ।

भिडियो लिंक