पाँच हाइकु



– सरस्वती चौलागाई –

।१।
आयो कोरोना
नेतालाई आहाल
ढुकुटी देश ।

।२।
दशैँ त आयो
गरिब भोकभोकै
महँगी आकाशमा ।

।३।
आउन्न चाड
दुःखीको आँगनमा
शोकको धुन ।

।४।
मरेको बैँस
नजिक को हुन्छ र
निभेको आगो ।

।५।  
साथैमा हुन्छन्
हिँँडाउनेहरू नि
खोज्दैछौ कहाँ !