चिकित्सा शिक्षा तथा इन्जिनियरिङ तयारी कक्षामा छात्रवृत्तिको घोषणा


हरेकपल September 25, 2021

लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गर्दै आएको एपेक्स एजुकेसन एकेडेमीले कोरोना प्रभावित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गरेर एपेक्सले चिकित्सा शिक्षा तथा इन्जिनियरिङतर्फको तयारी कक्षाका लागि छात्रवृत्तिको घोषणा गरेको हो ।

प्रत्येक प्रदेशबाट ७ जनाका दरले ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने एपेक्स एजुकेसन एकेडेमीका अध्यक्ष हरिप्रसाद पौडेलले जानकारी दिए । नेपाल सरकारले निर्धारण गरेको आरक्षित समूहलाई पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने एपेक्सले जनाएको छ ।

अन्य सम्पूर्ण विद्यार्थीलाई यो सत्रका लागि ५० प्रतिशत छुट दिने घोषणा पनि एपेक्सले गरेको छ ।

पूर्ण निशुल्क छात्रवृत्तिका लागि सम्बन्धित विद्यार्थीको कोरोना पोजेटिभ सक्कल प्रमाणपत्र, सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा ३ वर्षीय डिप्लोमा कोर्ष उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्नेछ ।

छात्रवृत्ति कार्यक्रममा सहभागी हुन योग्य र इच्छुक विद्यार्थीले भौतिक रुपमा उपस्थित भएर वा अनलाइनमार्फत आगामी १० कार्तिकभित्र आफ्ना नाम दर्ता गर्न राइसक्नुपर्ने अध्यक्ष पौडेलले जानकारी दिए ।