सरोजकी दिलकी रानी बनिन् आश्मा !


हरेकपल September 26, 2021

काठमाडौं । दिलकी रानी सार्वजनिक भएको छ । सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेको गीतमा दुई चर्चित गायक प्रविशा अधिकारी र बादल थापाको स्वर सुन्न सकिन्छ । गीतमा शब्द सुरेश राना र म्युजिक गायक थापाकै रहेको छ गीत रिलिज अघिनै टिकटकमा लोकप्रिय भैसकेको छ

निभान इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतलाई रामजी लामिछानेले निर्देशन र कोरियोग्रफि गरेका हुन् ।

म्युजिक भिडियोमा सौरभ लामाको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन , रेनिश फगोको कलर ,श्रीकृष्ण श्रेष्ठको भिएफएक्स ,सुरेश काफ्लेको ड्रोन र अनिता ग्वचाको मेकअप देख्न सकिन्छ। गीतलाई निर्माण राजन लम्साल र रेखा वाग्लेले गरेका हुन् ।