मौसम : आज पनि वर्षाको सम्भावना


Harek Pal September 27, 2021

काठमाडौँ । देशका कतिपय ठाउँमा आज पनि वर्षा हुने सम्भावना छ । मनसुन बाहिरिने क्रममा रहेको छ । यो पोस्ट मनसुनको समय हो । खासगरी अक्टोबर र नोभेम्बरलाई पोस्ट मनसुन मानिन्छ ।
अहिले मनसुनको अवधिको समय परिमार्जन गर्दै जुन १३ तारिखदेखि अक्टोबर २ तारिखसम्म तोकिएकाले पोस्ट मनसुनको गतिविधि सुरु भएको औपचारिक रुपमा घोषणा गरिएको छैन् ।

मनसुन नेपालबाट पूर्ण रुपमा बाहिरिए पछि पोस्ट मनसुन घोषणा गरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुन निष्क्रिय भए पनि बाहिरिसकेको छैन । मनसुन सुरु हुनु अघिको प्रि मनसुन र मनसुन सकिए पछिको पोस्ट मनसुनमा उस्तै खालका मौसमी गतिविधि देखिन्छन्

यतिबेला एकैछिनमा पानी पार्ने प्रणाली बन्ने र मेघ गर्जन र चट्याङ्गसहित छोटो समयका लागि पानी पर्ने हुन्छ । पोस्ट मनसुनमा मनसुनको जस्तो लगातार वर्षा भने हुँदैन् । मनसुनमा पानी लगातार पर्छ । पोस्ट र प्रि मनसुनमा ठूला ठूला थोपासहित वर्षा हुन्छ ।