मैत्रीपूर्ण फुटबलमा नेपाल ओमानसँग पराजित


Harek Pal September 27, 2021

काठमाडौँ । मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित भएको छ । गए राति कतारको दोहामा भएको खेलमा नेपाल ओमानसँग ७–२ गोलअन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । पहिलो हाफमा एक गोल गरेर दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो र मात्रै एक गोल फर्काउन सक्यो ।

नेपालका लागि आयुष घलान र अनन्त तामाङले गोल गरेका हुन् ।

साफको तयारीका लागि नेपाली टोली हाल कतारमा छ । नेपाली टोली कतारबाटै साफका लागि माल्दिभ्स जाने छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका छन्।

नेपाल र माल्दिभ्सबीचको खेल आउँदो शुक्रवार मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ। यस्तै नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग १८ गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग २४ गते लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २७ गते खेल्नेछ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० गते प्रतिस्पर्धा गर्ने छन् ।