मर्केलको पार्टीलाई जर्मनीको निर्वाचनमा गम्भीर धक्का


Harek Pal September 27, 2021

एजेन्सी । जर्मनीमा भएको निर्वाचनमा चान्सलर एङ्गेला मर्केलको पार्टी क्रिष्टियन डेमोक्र्याट्स (सिडियू)लाई गम्भीर धक्का लागेको छ । निर्वाचनमा उनको पार्टी दोस्रो स्थानमा झरेको छ।

जर्मनीमा चासेन्ट्रल लेफ्ट पार्टी (एसपिडी) सोसल डेमोक्र्याट्स सबैभन्दा ठूलो दल बनेको छ। आइतबार भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा एसपिडीले झिनो अग्रता लिएको छ । चार कार्यकालपछि मर्केल जर्मनीको नेतृत्वबाट हट्दै छिन्। उनी सन् २००५ देखि जर्मनीको चान्सलर रहँदै आएकी थिइन् ।

संघीय संसदका २९९ मध्ये १९१ सिटको परिणाम आउँदा ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी अघि देखिएको छ। मर्केलको पार्टी सिडियूले चान्सलरका रुपमा आर्मिन लाशेटलाई प्रस्तुत गरेको थियो ।

मत परिणाम अन्तिम चरणमा पुग्दा एसपिडीले २५ दशमलव ८ तथा सिडियूले २४ दशमलव ३ प्रतिशत सिटमा जीत हासिल गरेका छन्। एसपिडीका नेता ओलाफले जर्मनीका जनताले सरकारमा परिवर्तन चाहेको स्पष्ट म्यान्डेट दिएको बताएका छन्। अबको सरकारको नेतृत्व आफूले गर्ने उनको भनाइ छ ।

तर सिडियूका आर्मिनले पनि सरकार बनाउने दाबी गरेका छन्। सरकार बनाउनका लागि एसपिडी वा सिडियूले अरु दलसँग गठबन्धन गर्नुपर्ने अवस्था छ।