परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशङ्करबीच भेटवार्ता


Harek Pal September 27, 2021

काठमाडौं । अमेरिकाको न्युयोर्कमा परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय विदेश मन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका खड्काले आइतबार जयशङ्करसँग भेटवार्ता गरेका हुन्। न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपाली मिसनले जनाएअनुसार दुवै जनाबीच नेपाल र भारतबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा कुराकानी भएको थियो ।

उनीहरुले सहकार्यलाई अझ राम्रो बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ ।

भारतीय विदेश मन्त्री जयशङ्करले सामाजिक सञ्जाल ट्वीटरमार्फत् मन्त्री खड्कासँग भेट गरेको उल्लेख गरेका छन् । नेपाल र भारतको विशेष सम्बन्धलाई अझ बलियो बनाउन सहमति भएको उनले बताएका छन्।

मन्त्री खड्काले पहिलो पटक भारतीय समकक्षी जयशङ्करसँग भेट गरेका हुन् ।