एपिएल क्रिकेट: विराटनगर र काठमाडौंको खेल स्थगित


हरेकपल September 27, 2021


काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं किंग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ ।

आइतबार अपरान्ह देखि परेको पानीका कारण मैदान चिसो भएपछि टस नै नभइ खेल स्थगित भएको हो । विहान साढे ९ बजेदेखि शुरुहुनुपर्ने खेल मैदान चिसो भएपछि सञ्चालन हुन सकेन ।

जसका कारण आज तय भएको खेल अर्को दिन सञ्चालन गर्ने जनाइएको छ ।