प्रतिनिधिसभाको बैठक स्थगित,अर्को बैठक असोज १४ गते बस्ने


हरेकपल September 27, 2021


काठमाडौं ।
प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । आजको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको सबै बैठक नेकपा एमालेले अवरोध गर्दै आएको छ । तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गरेका छन् । अर्को बैठक असोज १४ गते बोलाइएको छ ।