इपीएल: चितवन र भैरहवाबीचको खेल पनि स्थगित


हरेकपल September 27, 2021


काठमाडौं ।
एभरेस्ट प्रिमियर लिग इपीएल क्रिकेट अन्तर्गत सोमबार हुने भएको दोस्रो तथा भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्सबीचको खेल पनि रद्द भएको छ ।
सोमबार बिहानको पहिलो खेल काठमाडौं किंग्स ११ र विराटनगर वारियर्सबीचको खेल रद्द भएको थियो ।
अघिल्लो दिनको वर्षाले नै मैदान भिजाएका कारण खेल बिहानको खेल अवरुद्ध बनाएको थियो । त्यसमा दिउँसो २ बजेपछि पुन वर्षा भएपछि मैदान खेल्न रद्द गर्नुपरेको हो ।

रद्द भएका दुवै खेलको तालिकालाई पुनर्तालिकीकरण गर्ने आयोजकले जनाएको छ ।