६ घण्टासम्म फेसबुक अवरुद्ध हुनुको कारण यस्तो छ


हरेकपल October 5, 2021

फेसबुकले झन्डै ६ घण्टा सेवा अवरुद्ध हुनुको कारण सार्वजनिक गरेको छ। नेपाली समयानुसार सोमबार राति सवा ९ बजेदेखि विश्वभर फेसबुक बन्द भएको थियो ।

राउटरमा गरिएको कन्फिग्रेसन परिवर्तनका कारण फेसबुकसहित, म्यासेञ्जर, इन्स्टाग्राम, ह्वाट्सएप र अकुलस भीआरको सेवा डाउन हुन पुगेको फेसबुक कम्पनीले जनाएको छ ।

फेसबुकले आफ्नो ब्लगमार्फत भनेको छ, ‘डेटा सेन्टरहरूबीचको नेटवर्क ट्राफिकमा ठूलो समस्या आउँदा हाम्रा सबै सेवा बन्द भएका हुन्।’

नेटवर्क यातायातमा यो अवरोधले हाम्रो डाटा सेन्टरको सञ्चार गर्ने तरिकामा ठूलो असर पारेको र सेवा बन्द भएको फेसबुकका आधारभूत पूर्वाधार (बेसिक इन्फ्रास्ट्रक्चर) उपाध्यक्ष सन्तोष जनार्दनले बताएका छन् ।

फेसबुकका प्रविधिले एकअर्कासँग गर्नुपर्ने सम्पर्क विच्छेद हुँदा सेवा अवरुद्ध भएको हो । यो फेसबुक कम्पनीका लागि सन् २०१९ देखि यताकै ठूलो अवरुद्धता हो।

त्यस वर्ष पनि २४ घन्टाभन्दा बढी समय फेसबुकका सेवा डाउन भएका थिए।