पञ्चकन्या बचत तथा ऋण सहकारीको २३ औं साधारण सभा सम्पन्न


हरेकपल October 6, 2021

काठमाडौं । काठमाडौंको मुख्य व्यापारीक थलो न्यूरोड, खिचापोखरीमा मुख्य कार्यालय रहेको पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारण सभा सम्पन्न भयो ।

२०५५ सालमा जुझारु युवाहरुले स्थापना गरेको पञ्चकन्यामा नयाँ व्यवस्थापन आएर काम शुरु गरेको भने २०७६ बैशाख २४ गतेदेखि हो । यो अवधीमा पञ्चकन्याले आफुलाई समुदायमा आधारित दिगो र प्रविधिमैत्री एक उत्कृष्ठ वित्तिय सहकारी संस्थाकोरुपमा स्थापित गराइसकेको छ ।
संस्थाले सहकारी सिद्धान्तका मर्म अनुरुप सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरणकोलागि समुदायमा आधारित शिक्षा, सूचना, तालिमसहितको प्रविधिमैत्री गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

कोरोना महामारीकाबीच जोखिम मोलेरै भए पनि आफ्ना सदस्यहरुलाई वित्तिय सेवा प्रवाह गरेर पञ्चकन्याले वाहवाही कमाएको छ । सदस्यहरुलाई घरमै बसेर संस्थाबाट कारोबार गर्न पञ्चकन्या स्मार्ट एप्पस् सञ्चालनमा ल्यायो । महामारीको बिषम परिस्थितीमा पनि घरदैलो सेवामार्फत सदस्यहरुलाई सुविधा प्रदान गर्यो, जसबाट धेरैले लकडाउनकैबीच पनि सेवा पाउन सके ।
कान्तिपुर मल नयाँबसपार्कमा पनि सेवा केन्द्र रहेको पञ्चकन्याले समय सापेक्ष सदस्य केन्द्रीत योजनाहरु ल्याइरहेको छ ।

भौतिक, जुम प्रविधि र फेसबुक लाइभबाट भएको साधारणसभाको सञ्चालक समिति सदस्य एवम् संस्थाका ज्येष्ठ सदस्य काजी लामाले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष अञ्जुुकुमारी बुढाथोकीले अतिथि एवम् सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष अनुपकुमार अग्रवालले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/०७८ को संक्षिप्त वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

त्यसैगरी लेखा समितिकोतर्फबाट सदस्य राघव कार्कीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी संस्थाको प्रगति विवरण तथा आगामी वर्षकालागि प्रस्तावित वार्षिक योजना, नीति, कार्यक्रम तथा बजेट संस्थाका सचिव एवम् कार्यकारी सञ्चालक दिनेशकुमार पोखरेलले प्रस्तुत गर्नुभएको थियो ।

साधारण सभामा नेपाल व्यापार संघका महासचिव तथा शेयरसदस्य कृष्णप्रसाद अधिकारीले पञ्चकन्या सहकारीले पछिल्लो व्यवस्थापन आएपछिको छोटो समयमै छलाङ मारेकोमा प्रशंसा गदै यो सफलताको पछाडी संस्था कर्मचारीहरु र व्यवस्थापन टिमलाई बधाई दिनुभएको थियो ।
संस्थाले यस वर्ष सदस्यहरुलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।

आर्थिक बर्ष २०७७/०७८ मा संस्थाको जारी पुजी २५ करोड रहेको छ । यसलाई २०७९/८० सम्ममा क्रमशः चुक्ता पुंजीमा परिणत गर्दै लैजाने योजना अनुरुप यस आर्थिक बर्षमा संस्थाको शेयर चुक्ता पुंजी रु. १ करोड ७८ लाख ३७ हजार रहेको छ ।

त्यसैगरीे निक्षेप आर्थिक बर्ष २०७६/७७ मा रु. एघार करोड सत्तरी लाख अठ्ठाईस हजार चार सय अठ्सठ्ठी रहेको छ । यस वर्ष निक्षप तर्फ ८१ दशमलव ६० प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
आगामी नीति तथा कार्यक्रमहरुमा संस्थाको साःख तथा ब्राण्डलाई विस्तार गर्दै र सदस्य माझ उत्कृष्ट संस्था को पहिचान बनाउने, संस्थागत शुसासनलाई चुस्त, दुरुस्त बनाउँदै लैजाने, संस्थाबाट सदस्यहरुलाई दिने सेवा सुविधालाई थप व्यवस्थित बनाउदै प्रविधिमा विशेष जोड दिन, यस वर्ष स्विकृत सेवा केन्द्र मध्ये कम्तीमा एक स्थानमा सेवा केन्द्र विस्तार गरि सदस्यहरुलाई थप सुविधा प्रदान गर्नेलगायतका रहेका छन् ।

भिडियाे हेर्नुहाेस्