प्रदेश १ का मुख्यमन्त्री आचार्यले दशैँ मनाएर मात्रै विश्वासको मत लिने


हरेकपल October 8, 2021

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैँ मनाएर मात्रै विश्वासको मत लिने तयारी गरेका छन्। शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय सुनाएका हुन्।

एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले सरकारले विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिए।

विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले असोज २४ गतेभित्र विश्वासको मत लिनुपर्ने बताउँदै आए पनि मुख्यमन्त्रीले दशैँपछि मात्रै विश्वासको मत लिन लागेका हुन् ।