भारतीय जनता पार्टीद्वारा “१०० दिनका १०० कार्यक्रम” तयार


हरेकपल October 11, 2021

 

एजेन्सी। भारतीय जनता पार्टीले उत्तर प्रदेशमा हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गर्दै १०० दिनका १०० कार्यक्रम तयार पारेको छ ।

निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएमा १०० दिन भित्रमा गर्ने कामहरुको योजना भाजपाले तयार पारेको हो ।

मतदाताहरुलाई आकर्षित गर्नका लागि भाजपाले तयार पारेको महत्वाकांक्षी कार्यक्रमहरुको औपचारिक घोषणा भने पछि गरिने भएको छ ।

पार्टीका प्रभावशाली नेताहरुले ती कार्यक्रमहरुको प्रस्तावलाई अन्तिम रुप दिइसकेको स्रोतले जनाएको छ ।

प्रस्तावित कार्यक्रमहरुमा धेरैजसो कल्याणकारी कार्यक्रमहरु रहेको एक नेताले जानकारी दिएका छन् । रासस