आईपीएल: बेङ्ग्लोरलाई हराउदै कोलकाता क्वालिफायरमा


हरेकपल October 12, 2021


काठमाडौं ।
कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।

यूएईको सारजाहमा गएराति भएको एलिमिनेटरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई चार विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।

बेङ्ग्लोर भने प्रतियोगिताबाट बाहिरिएको छ । बेङ्ग्लोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे ।

यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिश रानाले २३ रन बनाए । बेङ्ग्लोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २र२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो ।

बेङ्ग्लोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देवदूत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।