उपलब्धिको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, विभिन्न उपसमितिमा मनोनयन


हरेकपल November 14, 2021

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्वाचित कार्यसमिति, लेखासमिति र विभिन्न समितिहरुको पहिलो संयुक्त बैठक सम्पन्न भयो ।

नवनिर्वाचित अध्यक्ष विपिन शर्माको अध्यक्षतामा बसेको बैठकले सल्लाहकार लगायत विभिन्न समिति, उपसमितिमा मनोनयन गरेको छ । सल्लाहकारहरुमा शंकरप्रसाद कोइराला, प्रा. डा. डिल्लीराम दाहाल, डा. ध्रुवचन्द्र गौतम, प्रा. पुरुषोत्तम दाहाल, लक्ष्मी गिरी, चन्द्रप्रसाद ढकाल, नहकुल केसी, निवर्तमान अध्यक्ष देवराज शर्मा, होमराज आचार्य र अञ्जु जोशीलाई मनोनयन गरेको छ ।

त्यसैगरी ऋण उपसमिति संयोजकमा कोषाध्यक्ष कृष्णप्रसाद भट्टराई, शिक्षा उपसमिति संयोजकमा सञ्चालक सानुराजा शिल्पकारलाई मनोनयन गरेको छ । ऋण उपसमिति सदस्यमा शेषराज आचार्य र अनुजा न्यौपाने, शिक्षा उपसमितिको सदस्यमा कमलराज अधिकारी र रीता परियार यसअघि निर्वाचित भइसक्नुभएको थियो ।

त्यसैगरी ५ सदस्यीय सुचना तथा सञ्चार उपसमितिमा सचिव अनिलप्रसाद खनाल संयोजक, प्रकाश थापा र तुलसीराम सुवेदीलाई सदस्यमा मनोनयन गरेको छ भने बाँकी दुई जना मनोनयन गर्न बाँकी रहेको छ ।