विवाह बन्धनमा बाँधिइन् गायिका प्रविशा अधिकारी


हरेकपल November 21, 2021

गायिका प्रविशा अधिकारी आज विवाह बन्धनमा बाँधिएकी छन्। तथा ‘द भ्वाइस किड्स’की कोच समेत रहेकी प्रविशा आइतबार झापाको बिर्तामोड चारपानेका निर्माण सिटौलासँग वैवाहिक जीवनमा बाँधिएकी हुन् ।

प्रविशा र निर्माणको विवाह झापाको बिर्तामोडको एक पार्टी प्यालेसमा भएको हो । बिहेमा दुवै परिवारका सदस्य तथा आफन्तहरुको उपस्थिति रहेको रहेको छ ।

प्रविशाको यहि मंसिर ३ गते निर्माणसँग इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्टका लागि प्रविशा केही दिन अगाडि मात्र झापा पुगेकी थिइन् ।