शिक्षाविद् भीमकान्त रेग्मीको निधन


हरेकपल November 24, 2021

काठमाडौं, ८ मंसिर । दाङ बिजौरी दोघघरे निवासी शिक्षाविद् भीमकान्त रेग्मीको ६९ वर्षको उमेरमा निधन भएको छ । रेग्मी लामो समयदेखि स्वासप्रस्वासको बिरामी हुनुहुन्थ्यो ।

लामो समय शिक्षण पेशामा आवद्ध रेग्मी रोल्पाका ३ वटा विद्यालयमा संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो ।

सूचना चौतारी सञ्चार सहकारी तथा उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य मुक्तिबाबू रेग्मीका पिताको यस असामयिक निधनप्रति हरेकपल डट कम परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।