देशभर ३३२ जना कोरोना संक्रमित थपिए, ४ संक्रमितको मृत्यु


हरेकपल November 24, 2021

पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ।

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ। ९८ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार २६२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।