कांग्रेसको १४ औं महाधिवेशनः सूचना चौतारीबाट को–को विजयी भए ?


हरेकपल November 25, 2021

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले मंसिरको चिसोमा पनि देश आम निर्वाचनको झल्को दिने गरी तातिएको छ । पछिल्लो समय देशभरबाट विभिन्न तहहरुमा भएको निर्वाचनको परिणाम आउनेक्रम जारी छ ।

यसैबीच सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडका सल्लाहकार, पदाधिकारीहरु पनि कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विभिन्न पदहरुमा निर्वाचित हुनुभएको छ ।

संस्थाका सल्लाहकार चन्द्रप्रसाद ढकाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नंः १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सल्लाहकार प्रकाशसिं कार्की सोलुखुम्बुबाट, सल्लाहकार नानु बास्तोला काठमाडौं क्षेत्र नंः ९ बाट, सल्लाहकार कृष्ण थापा मगर काठमाडौं क्षेत्र नंः ५ बाट, सल्लाहकार ओम थापा मगर नवलपुरबाट र सल्लाहकार नहकुल केसी दाङ क्षेत्र नंः ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी संस्थाका उपाध्यक्ष भद्रा पराजुली भण्डारी काठमाडौं क्षेत्र नंः २ बाट, कोषाध्यक्ष मनोज भण्डारी काठमाडौं क्षेत्र नंः ६ बाट, प्रदेश समन्वय उपसमितिका प्रदेश १ संयोजक गोमा नेपाल मोरङ क्षेत्र नंः १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सल्लाहकार राजु नेपाल भक्तपुर क्षेत्र नंः २ ‘क’ बाट, लेखा समिति सदस्य रमिला श्रेष्ठ काठमाडौं क्षेत्र नंः ८ बाट बागमती प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

त्यसैगरी संस्थाका सचिव कमलराज अधिकारी काठमाडौ क्षेत्र नंः ८, प्रदेश ‘ख’ बाट पार्टी सचिव पदमा निर्वाचित हुनुभएको छ ।

अन्य ठाउँ र पदहरुमा उम्मेदवार बन्नुभएका पदाधिकारीको परिणाम आउन बाँकी छ । कांग्रेस १४ औं महाधिवेशन अन्तर्गत विभिन्न तहहरुमा विजयी हुनुभएका सबैलाई संस्थाको तर्फबाट हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।

सूचना चौतारी सञ्चार सहकारी संस्था लि.बाट हरेकपल डट कम, सहकारी नेपाल डटकम, हरेकपल टिभि लगायतका सञ्चारमाध्यमहरु सञ्चालन भइरहेका छन् ।