कांग्रेसको १४ औं महाधिवेशनमा जिपछिरिङ लामा केन्द्रीय सदस्य उठ्ने


हरेकपल November 25, 2021

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा जिपछिरिङ लामाले केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । लामाले बुधबार काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने– ‘अहिले केन्द्रीय सदस्य जित्ने टिमबाट आफु अगाडि बढेको हुँ ।’ उनी कांग्रेसको आर्थिक व्यवस्थापन समितिका सदस्य पनि रहेका छन् । लामा दोलखाका सांसद पनि हुन् । ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका लामा ६ पटक महाधिवेशन प्रतिनिधि भइसकेका छन् ।