कलाकार शिवहरि वैरागी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन


हरेकपल November 29, 2021

कलाकार शिवहरि वैरागी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र न. २ बाट उनी महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

चर्चित हास्य टेलिसिरियल ‘जिरे खुर्सानी’मा ‘पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको’ थेगोबाट उनी चर्चाम आएक थिए ।

उनले आफूलाई विजयी गराउने सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, सभापति र पार्टीका अग्रज नेता साथीहरुमा आभार प्रकट गरेका छन् ।