शेखर र प्रकाशमानले सहमति नगरे पौडेलले राजनीति नै छाड्ने


Harek Pal December 9, 2021

काठमाडौैँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा शेखर कोइराला र प्रकाशमान सिंहले सहमति नगरे राजनीति नै छाड्ने चेतावनी दिएका छन् ।

आफ्नो समूहबाट पार्टीको सभापतिमा साझा उम्मेद्वार तय गर्न सहमति नभएपछि उनले कोइराला र सिंहलाई दबाब दिएका हुन् । चाक्सीबारी बैठकमा पौडेलले आफ्नो समूहबाट दुवै उम्मेदवार भएको अवस्थामा राजनीति नै छाड्ने धारणा राखेका थिए।

बैठकमा पौडेलले भने, तपाईंहरु दुवैजना उम्मेदवार हुने हो भने म पार्टी र राजनीति नै छाडेर घरमा बस्छु।’ चाक्सीबारेको छलफल बुधबार पनि विना निष्कर्ष सकिएको छ । बैठक आज फेरी बस्ने छ ।