कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै


Harek Pal December 9, 2021

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको १४ औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थितिका लागि बोलाइएको छ ।

चौधौँ महाधिवेशन अघिको यही नै अन्तिम बैठक हुन सक्ने बताइएको छ ।