लता मंगेशकरलाई कोरोना संक्रमण, आएसियूमा उपचार हुँदै


हरेकपल January 11, 2022

सुमधुर स्वरकी धनी गायिका लता मंगेशकरलाई कोरोना संक्रमण भएको छ ।

उपचारका लागि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको छ ।

९२ वर्षिया मंगेशकरको उमेरलाई ध्यान दिँदै अस्पताल भर्ना गरिएको हो ।

कोरोना संक्रमणको लक्षण कम भए पनि अहिले लता मंगेशकरलाई आइसियूमा भर्ना गरिएको छ ।

अहिले लताका लागि बलिउड र उनका प्रशंसक सबैले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।