हरिवंश आचार्य र समीक्षा अधिकारीको ‘कर्कलो कोक्याउला’


हरेकपल January 13, 2022

वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ ।

सो गीतमा हरिवंशलाई गायिका समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।

भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।