ललितपुर मेयर कप क्रिकेटको आयोजना


हरेकपल January 14, 2022


काठमाडौं ।
‘ललितपुर मेयर कप टी–२०’ महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले माघको पहिलो साता काठमाडौंमा उक्त प्रतियोगिता गर्ने भएको हो ।

प्रतियोगिताको मिति चाँडै घोषणा गर्ने गरी तयारी तिब्र पारिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । गत बर्ष प्रतियोगिता आयोजना गर्नका लागि ललितपुरले क्यानलाई २० लाख रुपैयाँ प्रदान गरेको थियो ।

उक्त रकम यो बर्ष नघट्ने गरि छलफल भइरहेको महानगरपालिकाले जनाएको छ ।प्रतियोगितामा ललितपुर मेयर्स–११ सहित पाँच टोलीको सहभागीता हुनेछ ।
धनगढीमा भएको प्रधानमन्त्री कप टी २० क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुगेका ४ टिम र बाँकी प्रदेशका उत्कृष्ट खेलाडी समेटर एउटा टिम बनाएर ५ टोलीलाई प्रतियोगितामा सहभागिता गराइने छ ।

धनगढीमा भएको प्रधानमन्त्री कपको उपाधि एपीएफले जितेको थियो भने, उप विजेता प्रदेश १ भएको थियो । यसैगरी सेमिफाइनलबाट सुदूरपश्चिम प्रदेश र लुम्बिनी बाहिरिएका थिए ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुनेछ । पहिलो चरणको मेयरकप टी २० महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको थियो । त्यतिबेला एपीएफले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।