‘मलाई राेवट बनाईदेउ’



उठ भन्दा उठ्ने
बस भन्दा बस्ने
सुताउदा लुपुक्क सुत्ने
दाैड भन्दा मेलाे रेल झै गुड्ने
राेवट बनाईदेउ
आबेगमा , संबेगमा
दु:खिरहने यो मनलाई
प्रभु ढुङ्गा बनाईदेउ

सेताेलाई सेतै र कालोलाई कालै देख्ने मेरा नजर फर्काईदेउ
प्रभुले जे हेर्छन् , जे देख्छन्
त्यस्तै देख्ने राेवट बनाईदेउ
दु:खमा पनि ,सुखमा पनि
रसाईरहने यी नयनलाई
गुच्चा बनाईदेउ

द्राैपतीकाे जस्तो हात हाेस
मन चाह खाना बनाेस
भाेक यस्तो हाेस कि
उनले खाएको प्रतेक गासले
पेट भरियाेस
न राेग लागाेस
न भाेक लागाेस
अत्तिप्त यो उदर राेबट बनाेस

टाउको माथि राखेको चश्मा
नभेटेर बरु भाैतारिन पराेस
नुनको ठाँउमा चिनी पराेस
तर उनकाे साेच यसरी पूरा हाेस
प्याट्ट थिचेपछि
ट्याक्कै बल्ने बिजुली जस्तो
यस्साे काेरेपछि
ह्वार्रै बल्ने सलाईकाे काँटी जस्तो
मेरो टाउकाेमा गिदी नभएर
राेवड बसाेस

आवज निश्कियाेस
मुखरा बिन्दुबाट
तर प्रभु,
प्रतेक शब्द
उस्कै मिसियाेस ।
न आईमाइ न त लाेग्नेमान्छे
मलाई मान्छे नै बन्नु छैन
कसम , उसको खुशीका लागि
मलाई राेवट बनाईदेउ ।