प्रदेश ३

प्रदेश ३

  • लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी बनाइने

    मन्थली नगरपालिकाले हरेक वर्ष मंसिर १० गते देखि २५ गते अर्थात २०२० नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानको रुपमा देशभर मनाइँदै आएको लैङ्गिक हिंसा विरुद्को १६ दिने अभियानलाई प्रभावकारी रुपमा मनाउने निर्णय गरेको छ । नगर प्रमुख रमेशकुमार बस्नेतको अध्यक्षतामा आज नगरपालिकाको सभाहलमा बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो । “लैङ्गिक हिंसा […]

  • जिल्ला नगरको सवलिकरण र व्यवसायिक हकहितका लागि मेरो उमेदवारी : श्रेष्ठ

    बिदुर । नेपाल उद्योग बाणिज्य महासंघको अघिल्लो कार्यकालमा सर्वाधिक तेस्रो मत ल्याई केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित नुवाकोट उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष राजन श्रेष्ठले शनिवार सम्पन्न हुने साधारणसभामा पनि महासंघको आगामी कार्यकालका लागि जिल्ला नगरतर्फको कार्यकारीणी सदस्य पदमा उमेदवारी दिएका छन् । सानो उमेरमै महासंघको नेतृत्वमा पुगेर आफ्नो नेतृत्वदायी भुमिका र समन्वयकारी क्षमता प्रस्तुत […]

  • कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान

    काठमाडौँ, ९ मङ्सिर । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ । जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले कामपाले प्रत्येक वडावडामा पुगी लक्षण देखिएका बिरामी, दीर्घरोगी र ज्येष्ठ नागरिकको स्वाब सङ्कलन शुरु गरेको हो । सोमबारदेखि नागरिकको सेवामा खटिएको […]

  • एक हजार ७९० जना सङ्क्रमित, संक्रमणमुक्त हुने दर ९१.४२ प्रतिशत

    काठमाडौं, ९ मङ्सिर । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिकमा तीन हजार ७९१ निको […]

  • बाघमारा : गैँडा खेल्ने रनवन

    सौराहा। पर्या–पर्यटनका दृष्टिकोणले नमूना चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वनमा दुर्लभ एकसिङ्गे गैँडा र उसका केटाकेटीका अनौठा गतिविधि नियाँल्न सकिन्छ । बासस्थानको उचित वातावरण र पानीको पर्याप्तताका कारण पनि यो जङ्गल वन्यजन्तुको क्रिडास्थलको उत्कृष्ट नमूना हो । गैँडा खेल्ने ‘रनवन’ नै बन्न पुगेको छ बाघमारा । केही दिनअघि यहाँको सानो चौरमा काखमा केटो चेपेर माउ […]

  • ढुंगेधारासँगै स्थानीय संस्कृति लोप हुने खतरा

    टिस्टुङ। संस्कृति र  सभ्यताको  चिनोका  रुपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगे धाराहरू लोप हुने अवस्थामा पुगेका छन् । विभिन्न समयको बाढी–पहिरो, भूकम्पले बिगारेका धाराहरु आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो । यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा […]

  • कांग्रेस सांसद मोहनप्रसाद पाण्डेले लिए सपथ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले शपथ लिनुभएको हो । सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित सांसद् पाण्डेलाई सघीय संसद्को प्रतीकचिह्न प्रदान गर्दै बधाई ज्ञापन गर्नुुभयो । उहाँ समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसका तर्फबाट निर्वाचित […]

  • कार र टिपर ठोक्किँदा एकजनाको मृत्यु, तीन जना घाइते

    धादिङ, ७ मंसिर । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीमा आइतबार बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय केसीको मृत्यु भएको हो […]

  • कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

    काठमाडौं, ५ मङ्सिर । नेपाल पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४५ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

  • संसद् विधेयक अधिवेशनः स्वास्थ्य मापदण्ड चुनौती

    काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को हिउँदे अधिवेशनको तयारी शुरु गरेको छ । कोभिड–१९– सङ्क्रमण बढिरहेकै बेला संवैधानिक बाध्यताका कारण सचिवालयले अधिवेशनको तयारी थालेको हो । एक अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थानुसार आगामी पुस १७ भित्रै अधिवेशन शुरु गर्न तयारीमा आफूहरु जुटेको महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । […]

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल